आज (शुक्रबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर: बढ्यो अमेरिकी डलरको भाउ अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनार पनि महँगिए

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारको मूल्य बढ्दा युरो, पाउन्ड लगायत केही मुद्रा सस्तिएका थिए।

आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा थियो।

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरी आज युरो १ को खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ०९ पैसा छ। हिजो युरो १ को खरिददर १६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८३ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ५२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ र बिक्रीदर २०२ रुपैयाँ ७९ पैसा  थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०७ रुपैयाँ २९ पैसा थियो।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ५० पैसा र बिक्रीदर ४९५ रुपैयाँ ४४ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ १४ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ०९ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ १६ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ५६ पैसा थियो।

images

त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

images