दशैँ–तिहारको उमङ्गमा पाँचौँ PYSC कप सुरु, खेलकुदसँगै लोकसंस्कृतिको रौनक (तस्बिर सहित)

-टेकराज भुसाल

अर्घाखाँची । ‘दशैँ तिहारको उमङ्ग, खेलकुद र संस्कृतिसँगै हाम्रो एकताको रङ्ग’ भन्ने मूल नाराका साथ फलामखिली युथ स्पोर्ट्स क्लबको आयोजनामा मातृभूमि–प्रवासी पाँचौँ PYSC कप–२०८३ सुरु भएको छ। बिहीबारदेखि सुरु भएको प्रतियोगितासँगै लोक सांस्कृतिक कार्यक्रम, वडास्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता सञ्चालन भइरहेको छ।

चार दिनसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले उद्घाटन गर्नुभएको हो।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख थापाले खेलकुदले युवामा अनुशासन, सहकार्य र आपसी सद्भावको भावना विकास गर्नुका साथै स्थानीय प्रतिभाको पहिचान र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले सामाजिक एकता कायम राख्न र स्थानीय कला तथा संस्कृतिको संरक्षण गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

May be an image of frisbee, crowd and grass

उद्घाटन समारोहमा जिल्ला भलिबल संघ अर्घाखाँचीका अध्यक्ष भरत पुन मगर तथा संघका निवर्तमान कोषाध्यक्ष प्रेमबहादुर आलेले पनि मन्तव्य राख्नुभएको थियो।
फलामखिली युथ स्पोर्ट्स क्लबका अध्यक्ष हरि आलेको अध्यक्षता तथा प्रकाश मगरको सञ्चालनमा सम्पन्न उद्घाटन समारोहमा नगर उपप्रमुख बालाकृष्ण बन्जाडे, ४ नम्बर वडाका वडा अध्यक्ष बाबुराम पन्थी, ५ का वाड अध्यक्ष जय गाेपाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

May be an image of text

प्रतियोगिताअन्तर्गत वडास्तरीय पुरुष भलिबलतर्फ १४ समूह तथा खुला महिला भलिबलतर्फ ६ समूहको सहभागिता रहेको छ। प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदप्रति युवाको आकर्षण बढाउने अपेक्षा गरिएको छ।

May be an image of one or more people and text

images

पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार, द्वितीयले ३० हजार, तृतीयले २० हजार र सान्त्वना हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, महिला भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले १५ हजार, द्वितीयले १० हजार, तृतीयले ५ हजार र सान्त्वना हुने टोलीले ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। दुवै विधाका विजेता टोलीले नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्राप्त गर्ने आयोजकले जनाएको छ।

May be an image of one or more people, crowd and text

images

खेलकुदसँगै स्थानीय कला, संस्कृति र मनोरञ्जनलाई जोड दिने उद्देश्यले कात्तिक १५ गते विशेष लोक सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ। उक्त कार्यक्रममा मोडल तथा नायिका एलिना रायमाझी, गायक विशाल रायमाझीलगायतका कलाकारको प्रस्तुति रहने क्लबका अध्यक्ष हरि आलेले जानकारी दिनुभयो।

 

images