
नोभेम्बर १ तारिखका दिन विश्व इतिहास र राजनीतिमा थुप्रै महत्त्वपूर्ण तथा ऐतिहासिक घटनाहरू घटेका छन्। यस दिनसँग जोडिएका प्रमुख राजनीतिक तथा ऐतिहासिक घटनाहरू मध्ये युरोपियन युनियनको इतिहासमा नोभेम्बर १ को दिनलाई अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। सन् १९९३ को नोभेम्बर १ का दिन मास्ट्रिख्ट सन्धि औपचारिक रूपमा लागू भयो, जसले आधुनिक युरोपियन युनियनको स्थापना गर्नुका साथै युरोपेली देशहरूका लागि साझा मुद्रा ‘युरो’ को मार्ग प्रशस्त गरेको थियो।
मास्ट्रिख्ट सन्धि लागू र युरोपियन युनियनको स्थापना (सन् १९९३): युरोपियन युनियनको इतिहासमा नोभेम्बर १ को दिनलाई अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। सन् १९९३ को नोभेम्बर १ का दिन मास्ट्रिख्ट सन्धि औपचारिक रूपमा लागू भयो, जसले आधुनिक युरोपियन युनियनको स्थापना गर्नुका साथै युरोपेली देशहरूका लागि साझा मुद्रा ‘युरो’ को मार्ग प्रशस्त गरेको थियो।


पहिलो हाइड्रोजन बमको परीक्षण (सन् १९५२): शीतयुद्धको समयमा संयुक्त राज्य अमेरिकाले सन् १९५२ को नोभेम्बर १ का दिन मार्सल टापुको एनिवेटोक एटोलमा इतिहासमै पहिलो पटक थर्मोन्युक्लियर (हाइड्रोजन) बम को सफल परीक्षण गरेको थियो। ‘माईक’ नाम दिइएको उक्त परीक्षणले आणविक हतियारको प्रतिस्पर्धामा नयाँ मोड ल्याएको थियो।

टर्कीमा ओटोमन साम्राज्यको सल्तनत समाप्त (सन् १९२२): मुस्तफा कमाल अतातुर्कको नेतृत्वमा टर्कीको ग्रान्ड नेशनल एसेम्बलीले सन् १९२२ को नोभेम्बर १ का दिन ओटोमन साम्राज्यको सल्तनत समाप्त गर्ने ऐतिहासिक निर्णय गर्यो। यस कदमले शताब्दीयौंदेखि चलेको ओटोमन राजतन्त्रको अन्त्य गरी आधुनिक र धर्मनिरपेक्ष गणतन्त्र टर्कीको स्थापनाको ढोका खोलेको थियो।

एन्टीगा र बारबुडाको स्वतन्त्रता (सन् १९८१): क्यारिबियन क्षेत्रको टापु राष्ट्र एन्टीगा र बारबुडाले सन् १९८१ को नोभेम्बर १ का दिन बेलायती उपनिवेशात्मक शासनबाट पूर्ण रूपमा स्वतन्त्रता प्राप्त गरेको थियो। यस दिनलाई यो देशले आफ्नो राष्ट्रिय स्वतन्त्रता दिवसको रूपमा मनाउने गर्दछ।

रसियाली जार निकोलस द्वितीयको राज्यारोहण (सन् १८९४): रशियाका अन्तिम सम्राट् (जार) अलेक्जेन्डर तृतीयको निधनपश्चात उनका छोरा निकोलस द्वितीय सन् १८९४ को नोभेम्बर १ का दिन रशियाको सिहासनमा आरोहण गरेका थिए। पछि सन् १९१७ को रुसी क्रान्तिपछि उनको शासन अन्त्य भयो र उनलाई परिवारसहित सजाय दिइएको थियो।
पहिलो हवाई हमला (सन् १९११): इटाली-टर्किस युद्धको दौरान सन् १९११ को नोभेम्बर १ का दिन लिबियामा इतिहासमै पहिलो पटक विमानबाट बम खसाल्ने युद्धसम्बन्धी घटना घटेको थियो। इटालीका सेकेन्ड लेफ्टिनेन्ट गिउलियो गाभोटीले विमानबाट शत्रुको ठेगानामा साना बमहरू खसालेका थिए, जसलाई हवाई युद्धको इतिहासमा पहिलो घटना मानिन्छ।
भूकम्पले लिस्बन ध्वस्त (सन् १७५५): पोर्तुगालको राजधानी लिस्बनमा गएको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीका कारण हजारौँ मानिसको ज्यान गएको थियो, जुन युरोपेली इतिहासको एक ठूलो प्राकृतिक विपद् मानिन्छ।





