पाँचौँ PYSC कप रूपमा सम्पन्न : पुरुषतर्फ मालारानी–८ र महिलातर्फ राेयल झिमरुक च्याम्पियन (तस्बिर सहित)

-टेकराज भुसाल, अर्घाखाँची ।

दशैँ–तिहारको उत्साहलाई खेलकुद, कला र संस्कृतिसँग जोड्दै अर्घाखाँचीको फलामखिलीमा आयोजित मातृभूमि–प्रवासी पाँचौँ PYSC कप–२०८३ सम्पन्न भएको छ। ‘दशैँ तिहारको उमङ्ग, खेलकुद र संस्कृतिसँगै हाम्रो एकताको रङ्ग’ भन्ने मूल नाराका साथ फलामखिली युथ स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा पुरुष तथा महिला भलिबलका रोमाञ्चक प्रतिस्पर्धासँगै लोकसांस्कृतिक कार्यक्रमले विशेष रौनक थपेको थियो।

May be an image of one or more people and text

चार दिनसम्म सञ्चालन भएको प्रतियोगिताको समापनसँगै विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गरिएको छ। प्रतियोगिताको पुरुष भलिबलतर्फ मालारानी गाउँपालिका–८ र महिला भलिबलतर्फ राेयल झिमरुकले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएका छन्।

May be an image of one or more people and text

मालारानी–८ लाई पुरुषतर्फ उपाधि

वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा मालारानी गाउँपालिका–८ ले सन्धिखर्क नगरपालिका–११ लाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको छ। प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गरेको मालारानी–८ ले उपाधिसहित नगद ५० हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको सन्धिखर्क–११ ले ३० हजार रुपैयाँमा चित्त बुझाएको छ।

त्यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा आयोजक टोली ‘ए’ ले सन्धिखर्क नगरपालिका–२ लाई २–० को सोझो सेटमा पराजित गर्दै तृतीय स्थान हासिल गरेको छ। सन्धिखर्क–२ सान्त्वना स्थानमा सीमित भएको छ। तृतीय हुने आयोजक ‘ए’ ले २० हजार र सान्त्वना हुने सन्धिखर्क–२ ले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

May be an image of text

images

महिलातर्फ राेयल झिमरुकको वर्चस्व

खुला महिला भलिबल प्रतियोगितामा प्युठानको झिमरुक गाउँपालिकाले अर्घाखाँचीको सन्धिखर्क नगरपालिकालाई २–० को सोझो सेटमा हराउँदै उपाधि आफ्नो पक्षमा पारेको छ। उत्कृष्ट खेल प्रदर्शन गर्दै च्याम्पियन बनेको झिमरुकले नगद १५ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता सन्धिखर्क नगरपालिकाले १० हजार रुपैयाँ प्राप्त गरेको छ।

images

May be an image of text

त्यसैगरी, तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा असुरकोट युवा सञ्जालले आयोजक टोली ‘सी’ लाई २–० को सोझो सेटमा पराजित गर्दै तृतीय स्थान हासिल गरेको छ। तृतीय हुने असुरकोट युवा सञ्जालले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

images

May be an image of one or more people, dais and text

दुवै विधाका विजेता, उपविजेता तथा अन्य स्थान हासिल गर्ने टोलीलाई नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

लोकगीत र सांस्कृतिक प्रस्तुतिमा झुमे दर्शक

खेलकुद प्रतियोगितासँगै कात्तिक १५ गते आयोजित विशेष लोकसांस्कृतिक कार्यक्रमले प्रतियोगितालाई थप आकर्षक र उल्लासमय बनाएको थियो। कार्यक्रममा चर्चित मोडल तथा नायिका एरिना रायमाझी, गायक विशाल रायमाझी, बसन्त लम्साल, गायिका करिस्मा घर्ती मगरलगायतका चर्चित कलाकारले आफ्ना सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिमार्फत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए।

Nepal life insurance

May be an image of one or more people, crowd and text

कलाकारका गीत, संगीत र प्रस्तुतिमा दर्शकहरू झुमेका थिए। सांगीतिक माहोलमा रमाएका दर्शकको उत्साह र सहभागिताले फलामखिलीको वातावरण थप उल्लासमय बनेको थियो। खेलकुदको प्रतिस्पर्धासँगै लोकसंगीत र मनोरञ्जनको संयोजनले कार्यक्रमलाई उत्सवमय बनाएको थियो।

May be an image of one or more people, dais and text

खेलकुद, संस्कृति र एकताको सन्देश

खेलकुदलाई मनोरञ्जनमा मात्र सीमित नराखी युवामा अनुशासन, सहकार्य, प्रतिस्पर्धात्मक भावना र आपसी सद्भाव विकास गर्ने तथा स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ।

May be an image of one or more people, crowd and text

मातृभूमि र प्रवासमा रहेका युवालाई एउटै सूत्रमा जोड्दै आयोजित पाँचौँ PYSC कपले खेलकुदमार्फत प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्नुका साथै स्थानीय कला, संस्कृति र सामाजिक एकतालाई समेत उजागर गरेको छ।
फलामखिली युथ स्पोर्ट्स क्लबका अध्यक्ष हरि आलेको नेतृत्वमा सम्पन्न प्रतियोगिताले दशैँ–तिहारको उल्लासलाई खेलकुद र लोकसंस्कृतिसँग जोड्दै समुदायमा उत्साह, सद्भाव र एकताको सन्देश प्रवाह गरेको छ। भलिबलको प्रतिस्पर्धादेखि कलाकारको सांगीतिक प्रस्तुतिसम्म दर्शकको उत्साहजनक सहभागिता रहेको प्रतियोगिताले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन थप हौसला प्रदान गरेको छ।

May be an image of one or more people and crowd