अर्घाखाँचीमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सुरु, १२ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने (तस्बिर सहित)

-केशव पन्थी, अर्घाखाँची।

अर्घाखाँचीमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सुरु भएको छ। कात्तिक १७ र १८ गते सञ्चालन हुने अभियानअन्तर्गत जिल्लाका करिब १२ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाइने लक्ष्य राखिएको छ।

जिल्लास्तरीय कार्यक्रमको सुरुवात छत्रदेव गाउँपालिका–५, छत्रगञ्जबाट गरिएको हो। जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेल, वडा अध्यक्ष बालकृष्ण पोखरेल तथा छत्रगञ्ज स्वास्थ्य चौकीका प्रमुख प्रकाश पोखरेललगायतको उपस्थितिमा अभियान सुरु गरिएको हो।

May be an image of one or more people

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेलका अनुसार जिल्लाभरका करिब १२ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने लक्ष्य छ। अभियानको सुरुवातसँगै उहाँले विभिन्न स्थानमा पुगेर कार्यक्रमको अनुगमनसमेत गर्नुभएको थियो।

May be an image of one or more people

अनुगमनका क्रममा प्रमुख पोखरेलले बालबालिकाको स्वास्थ्य तथा पोषण सुधारका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो। भिटामिन ‘ए’ को कमीबाट हुन सक्ने स्वास्थ्य समस्या न्यूनीकरण तथा जुकाको संक्रमण नियन्त्रणमा अभियानले सहयोग पुर्‍याउने उहाँको भनाइ छ।

उहाँले लक्षित उमेर समूहका सबै बालबालिकालाई अभियानमा सहभागी गराउन अभिभावकलाई आग्रह गर्नुभएको छ।

May be an image of one or more people

स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत जिल्लाका विभिन्न स्वास्थ्य संस्था र तोकिएका केन्द्रबाट कार्यक्रम सञ्चालन भइरहेको छ। स्वास्थ्य कार्यालयले आफ्ना बालबालिकालाई नजिकैको तोकिएको स्वास्थ्य केन्द्रमा लगेर भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन अभिभावकलाई अनुरोध गरेको छ।

images

May be an image of one or more people

सरकारले बालबालिकाको स्वास्थ्य, पोषण र रोग प्रतिरोधात्मक क्षमता सुधार गर्ने उद्देश्यले हरेक वर्ष राष्ट्रिय रूपमा भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ।

images

May be an image of one or more people

May be an image of one or more people

images