त्रिवेणी सहकारीद्वारा एक वर्षमै राज्यलाई १२ लाख २० हजार बढी योगदान, शेयर सदस्यलाई ५.६७ प्रतिशत लाभांश (तस्बिर सहित)

-गोपालप्रसाद भट्टराई
कार्तिक १७, अर्घाखाँची।

अर्घाखाँचीको त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न सात शीर्षकअन्तर्गत राज्यलाई १२ लाख २० हजार २ सय ६५ रुपैयाँ योगदान गरेको छ। संस्थाले आयकरसहित उक्त रकम राज्यलाई बुझाएको हो। यसमध्ये ६ लाख ४५ हजार ४ सय १४ रुपैयाँ आयकर रहेको छ।

May be an image of one or more people and wedding

राज्यलाई आर्थिक योगदान पुर्‍याउनुका साथै संस्थाले आफ्ना १ हजार २ सय ५८ जना शेयर सदस्यलाई ५ दशमलव ६७ प्रतिशतका दरले लाभांश वितरण गरेको छ। शेयर लाभांश तथा संरक्षित पुँजी फिर्ता कोषबाट जम्मा भएको २१ लाख २० हजार ४ सय ४६ रुपैयाँ सदस्यलाई बोनसका रूपमा वितरण गरिएको संस्थाले जनाएको छ।

May be an image of one or more people, people studying, flute and crowd

गत शनिबार सन्धिखर्कमा सम्पन्न संस्थाको १५औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको आयव्यय विवरण तथा चालु आर्थिक वर्षको प्रस्तावित नीति, कार्यक्रम र बजेट पारित गरेसँगै लाभांश वितरण गरिएको संस्थाका वरिष्ठ कर्मचारी तुल्सीराम खनालले जानकारी दिनुभयो।

शेयर सदस्यलाई लाभांश वितरण गरेको संस्थाले आफूबाट ऋण सेवा लिने सदस्य तथा नियमित मासिक बचतकर्तालाई समेत संरक्षित पुँजी फिर्ता कोषबाट बोनस प्रदान गरेको छ। आर्थिक वर्ष २०८२/०८३ मा उक्त कोषमा जम्मा भएको रकममध्ये ऋणको ब्याज बुझाउने सदस्यलाई ६ लाख ५६ हजार रुपैयाँ र मासिक बचतकर्तालाई ४ लाख ३८ हजार रुपैयाँ बोनस वितरण गरिएको हो।

May be an image of one or more people and text

२०६८ सालमा स्थापना भएको त्रिवेणी सहकारीले बचत संकलन तथा सुलभ ब्याजदरमा कर्जा लगानीसँगै सदस्यको आर्थिक, सामाजिक, शैक्षिक र सांस्कृतिक विकासलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। नेतृत्व क्षमता विकास तथा सहकारी शिक्षा तालिम, पहिलो मालिक कार्यक्रम, त्रिवेणी शिक्षा पुरस्कार, त्रिवेणी पत्रकारिता पुरस्कार, महिला तथा बालबालिकाकेन्द्रित कार्यक्रम, ज्येष्ठ नागरिक सम्मान, शेयर सदस्यको आवधिक तथा दुर्घटना बीमा र मोबाइल बैंकिङ सेवा संस्थाका प्रमुख गतिविधि हुन्।

May be an image of one or more people and text

images

संस्थामा हाल १ हजार २ सय ५८ जना शेयर सदस्य र २ सय ९२ जना बाल सदस्य आबद्ध छन्। २२ करोड रुपैयाँभन्दा बढीको पुँजी तथा २ करोड ३९ लाख रुपैयाँको जगेडा कोष रहेको संस्थाले राष्ट्रिय सहकारी बैंकमा २० लाख रुपैयाँ बराबरको शेयरसमेत खरिद गरेको छ।

साधारणसभाले अध्यक्ष कमलप्रसाद घिमिरेद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष शिव बेल्वासेद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक रामलाल भुसालद्वारा प्रस्तुत लेखा सुपरिवेक्षण प्रतिवेदन सुझावसहित पारित गरेको छ।

images

May be an image of one or more people, temple and text

सदस्यलाई थप सहुलियत दिने निर्णय गर्दै संस्थाले कर्जा लगानीमा लिँदै आएको निवेदन दस्तुर र सेवा शुल्कसमेत मिनाहा गरेको छ। यसअघि ऋण लिने सदस्यबाट लिइँदै आएको ५० रुपैयाँ निवेदन दस्तुर र ऋण रकमको ०.२५ प्रतिशत सेवा शुल्क कात्तिक १ गतेदेखि लागू हुने गरी हटाइएको संस्थाका व्यवस्थापक दीपक पौडेलले जानकारी दिनुभयो।

images

May be an image of dais and text

सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ सहयोगसमेत जम्मा गरेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो।

May be an image of one or more people and text

पत्रकारिता, शिक्षा र सामाजिक क्षेत्रमा योगदान गर्ने सम्मानित

१५औँ वार्षिक साधारणसभाको अवसरमा संस्थाले पत्रकारिता, शिक्षा, सामाजिक योगदान तथा असल कारोबारका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ।

Nepal life insurance

त्रिवेणी पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकार राम खड्का सम्मानित हुनुभएको छ। सामुदायिक रेडियो अर्घाखाँचीबाट सञ्चारकर्ममा जोडिनुभएका तथा हाल रेडियो मालारानीमा कार्यरत खड्कालाई सहकारी र नागरिकको हितमा पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै खादा, माला र नगदसहित सम्मान गरिएको हो।

त्यस्तै, त्रिवेणी शिक्षा पुरस्कारअन्तर्गत एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने शेयर सदस्यका चार सन्तानलाई सम्मान गरिएको छ। सामुदायिक विद्यालयतर्फ जनज्योति माध्यमिक विद्यालय, चुत्राबेसीका पुजन भुसाल र भावना गौतम तथा संस्थागत विद्यालयतर्फ गौरीशंकर इङ्ग्लिस बोर्डिङ स्कुल, सन्धिखर्कका काश्या के.सी. र रिगल भट्टराई सम्मानित हुनुभएको छ।

May be an image of dais and text

संस्थाको ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत अध्यक्ष कमलप्रसाद घिमिरे र भूमिकास्थान नगरपालिका–३ निवासी शेयर सदस्य ऋषिराम बन्जाडे सम्मानित हुनुभएको छ। ७२ वर्ष पुग्नुभएका अध्यक्ष घिमिरेले उमेरलाई एउटा तथ्याङ्कका रूपमा मात्रै लिनुपर्ने र उमेरकै आधारमा आफूलाई कमजोर वा बूढो महसुस गर्न नहुने धारणा व्यक्त गर्नुभएको थियो।

यसैगरी, ऋण लिँदा गरिएको सम्झौता र सहमतिअनुसार समयमै ऋण चुक्ता गरी असल कारोबार गर्ने आठ जना सदस्यलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा मोहन पाण्डे, विमला चुंदाली बन्जाडे, राजु विक, प्रकाश पन्थी, राजेन्द्र सुनार, विमला विक, ठाकुरप्रसाद भुसाल र राजेन्द्र दमाई रहनुभएको छ।

May be an image of one or more people, tree, temple and text

संस्थाको पहिलो मालिक कार्यक्रमअन्तर्गत अघिल्लो वर्षको कात्तिकदेखि गत असोजसम्म मासिक रूपमा पहिलो सेवा लिने सदस्यहरूमध्येबाट छनोट भएका १२ जनालाई पनि सम्मान गरिएको छ। सम्मानित हुनेमा आशाकुमारी शर्मा घिमिरे, शर्मिला श्रेष्ठ, पुष्पा के.सी., सरस्वती भुसाल, ईश्वरी खनाल, सरस्वती भुसाल, गोविन्द वि.सी., दुर्गा श्रेष्ठ, विष्णुप्रसाद बन्जाडे, सीताकुमारी खत्री, टीकाराम खनाल र गणेशप्रसाद बन्जाडे रहनुभएको छ।

त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ मा सबैभन्दा बढी नयाँ शेयर सदस्य थप्न पहल गर्ने सरिता वली क्षेत्रीलाई पनि संस्थाले सम्मान गरेको छ।

May be an image of one or more people, crowd and text

सहकारीमा गरिएको बचत तथा लगानी सुरक्षित रहेको सञ्चालकको दाबी

पछिल्लो समय विभिन्न सहकारीमा देखिएका आर्थिक अनियमितता, बचत फिर्ता गर्न नसक्ने अवस्था र सञ्चालक फरार हुनेजस्ता घटनाले बचतकर्तामा बढेको चिन्तालाई सम्बोधन गर्दै त्रिवेणी सहकारीका सञ्चालक तथा व्यवस्थापन पक्षले संस्थामा गरिएको बचत तथा लगानी सुरक्षित रहेको दाबी गरेका छन्।

May be an image of one or more people, temple and text

संस्थाको नेतृत्व र व्यवस्थापकीय टोली दक्ष, सक्षम तथा मितव्ययी रहेको, बचत र लगानीलाई दिगो योजनाका आधारमा सञ्चालन गरिएको तथा ऋण लगानीमा आवश्यक सावधानी अपनाइएको उनीहरूको भनाइ छ। गलत ऋणीका कारण संस्थाको कारोबारमा समस्या आउन सक्ने अवस्था नरहेको स्पष्ट पार्दै सञ्चालक तथा व्यवस्थापन पक्षले शेयर सदस्यलाई आफ्नो लगानीबारे अनावश्यक चिन्ता नगर्न आग्रह गरेका छन्।

May be an image of one or more people, dais and text

साधारणसभामा सहभागी सहकारीकर्मीले व्यक्ति, परिवार र समाज हुँदै समग्र राष्ट्रको आर्थिक समृद्धिमा सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै सहकारीको उद्देश्य र मर्मअनुसार यसको सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए।