झापा । प्राप्त समाचार अनुसार जिल्ला प्रशासन कार्यालय झापाले गत आर्थिक ०६८र०६९ मा करिव पाँच करोड राजस्व सङ्कलन गरेको छ ।
समाचार अनुसार कार्यालयले एक बर्षको अवधिमा ७ हजार ८ सय २१ वटा एमआरपी राहदानी वितरण गरेर चार करोड ८२ लाख ३० हजार ८ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यसैगरी, प्रशासनिक दस्तुरबापत ७ लाख ४८ हजार ५ सय २५ रुपैयाँ, दण्ड जरिवानाबापत ४ लाख ८५ हजार २ सय रुपैयाँ, परीक्षा दस्तुरबापत २२ हजार ४ सय रुपैयाँ र हतियार नवीकरण शीर्षकमा १३ हजार ९ सय ५५ रुपैयाँ राजस्व समेत गरी चार करोड ९५ लाख ८ सय ८० रुपैयाँ सङ्कलन गरेको कार्यालयका प्रशासकीय अधिकृत सागर मिश्रले जानकारी दिनुभयो ।
साथै गत आर्थिर्क बर्षमा दैवी प्रकोप व्यवस्थापनका लागि १७ लाख ३८ हजार १ सय ११ रुपैयाँ पीडित परिवारलाई वितरण गरिएको कार्यालयले जनाएको छ ।



