दशौं राष्ट्रिय खेलकुद: आज दोस्रो दिन यी पाँच खेलमा प्रतिस्पर्धा

दशौं राष्ट्रिय खेलकुद: आज दोस्रो दिन यी पाँच खेलमा प्रतिस्पर्धा

काठमाडौं । दशौं राष्ट्रिय खेलकुदका लागि बुधबार  पाँच खेलका लागि प्रतिस्पर्धा हुने भएका छन्।

औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरु भने मंगलबारदेखि नै सुरु भएका थिए । सोही अन्तर्गत आज बुधबार पाँच खेलमा प्रतिस्पर्धा हुने भएका हुन्।बुधबार प्रतिस्पर्धा हुने खेलहरुमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेल रहेका छन् ।

आज महिला क्रिकेट अन्तर्गत बिहान साढे ९ बजे हुने खेलमा बागमती र सुदूरपश्चिम तथा दिउँसो हुने खेलमा कर्णाली र कोशी प्रदेश भिड्दैछन् ।त्यसैगरी पुरुष फुटबलमा आज पहिलो खेल त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच हुनेछ भने दोस्रो खेल कोशी प्रदेश र बागमती प्रदेशबीच हुनेछ ।