नेपालमा पेट्रोलियम पदार्थ खोज्न अमेरिकी र युएईको कम्पनीलाई जिम्मा

सरकारले पेट्रोलियम पदार्थ खोज्ने जिम्मा अमेरिकी र संयुक्त अरब इमिरेट्स युएईको कम्पनीलाई दिएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न १० स्थानमा पेट्रोलियम पदार्थको खानी रहेको पुष्टि गर्ने ठोस प्रमाण फेलापरेपछि अन्वेषणका निम्ति हालै दुईवटा अन्तर्राष्ट्रिय कम्पनीसँग सम्झौता भएको छ ।
पेट्रोलियम पदार्थको अन्वेषणका लागि गत असार २१ गते अमेरिकी कम्पनी बिबी च्याम्पियन र संयुक्त अरब इमिरेट्सको इएबिजी कम्पनीसँग सम्झौता भएको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख राजेन्द्रप्रसाद खनालले बताउनुभयो ।