भारतका उपराष्ट्रपति हमिद अन्सारी दोस्रो कार्यकालका लागि निर्वाचित

– भारतका उपराष्ट्रपति हमिद अन्सारी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।

 

हिजो भएको मतदानमा उहाले एनडिएका उम्मेदवार जसवन्त सिंहलाई दोब्बर मतले पराजित गर्नुभएको हो ।

 

राज्यसभा र लोकसभाका ७ सय ८७ सदस्य मतदाता रहेको निर्वाचकमण्डलले एकल संक्रमणीय मत प्रणालीका आधारमा उपराष्ट्रपति चुनेको हो ।

 

राष्ट्रपति चयन गर्दा भने राज्यहरुका विधायक पनि मतदाता हुने व्यवस्था छ । मतदानमा ७ सय ४० सदस्यले भाग लिएकोमा सत्तारुढ गठबन्धन युनाइटेड प्रोग्रेसिभ एलायन्स् यूपीएका अन्सारीले ४ सय ९० मत पाउनुभयो । विपक्षी नेसनल डेमोक्रेटिक एलायन्स्का सिंहले भने २ सय ३८ मत मात्रै पाउनुभयो । ७५ वर्षे अन्सारी यअअघि २००७ मा पनि उपराष्ट्रपति चुनिनुभएको थियो ।