

पूँजी पनि व्यापक रूपले पलायन भएको आशङ्का गरिँदैछ यो झनै ठूलो समस्या हो । शोधनान्तर स्थिति सकारात्मक भयो भने मात्रा सन्तोष जनकहो । तर, अहिले मुलुकबाटै लुकेर अर्बौ रुपैयाँ बाहिर गइरहेको अर्थ बिदहरु बताउछन पाठकले भने यो सबै मुलुकको अर्थनीतिप्रति मानिसमा विश्वास नभएर नै त्यो स्थिति आएको हो ।बैङ्किङ प्रणाली बाहिरबाट हुने आर्थिक कारोबार बढेकाले तरलता समस्या उत्पन्न भएको भनिँदैछ । अर्थतन्त्रमा देखापरेको धेरै प्रकारका समस्या राष्ट्र बैङ्कले लिएको नीतिकै कारणले भइरहेको छ । त्यसमा राष्ट्र बैङ्कको विगतको नेतृत्वको पनि दोष छ । यति धेरै वित्तीय संस्था र बैङ्कहरूलाई लाइसेन्स दिएर अस्वस्थ प्रतिस्पर्धा गराउने काम गर्नुहुँदैनथ्यो । सुरुमा सजिलै जथाभावी लाइसेन्स दिने अहिले खुलेका बित्तिय सस्था माथि अकुश लगाउने ? यस्तो काममा रोक लगाउनुपर्छ ।कमसेकम एउटा अध्ययन गरेर बजारले धान्न सक्ने वित्तीय संस्थाहरू खोल्न दिनुपर्ने । कहिले खुला अर्थतन्त्र भन्छ कहिले के । तर, राष्ट्र बैङ्कले आफ्नो नियमन र सुपरिवेक्षण गर्न सक्ने क्षमताभन्दा बाहिर गएर लाइसेन्स वितरण गरेका कारण अहिले बित्तिय क्षेत्रमा धेरै समस्या आएका हुन । त्यसबाट उसले आफ्नो दायित्व पूरा गर्न सकेन । यसबाहेक राष्ट्र बैङ्कका नीतिलगायत कुरामा दलगत राजनीति हावी हुन थाल्यो । योग्यभन्दा आफू नजिकका मानिसलाई नियुक्ति र जिम्मेवारी दिन थालिएको छ । अहिले कै कुरा गर्नुहुन्छ भने राष्ट्र बैङ्कले अचानक वित्तीय कम्पनीबाट निक्षेप फिर्ता लिने वा मर्ज गर्ने गर्न थालेको छ । निक्षेप दिन उचित थिएन भने किन पहिले त्यस्तो निर्णय गरियो ? अचानक ठूलो रकम झिक्न थालेपछि त वित्त कम्पनीहरू स्वत: धरासायी भइहाल्छन् नि । राष्ट्र बैङ्कको केटाकेटी नीतिका कारणले पनि अहिले वित्तीय क्षेत्रमा सङ्कट उत्पन्न भएको हो।दोष राष्ट्र बैङ्कको मात्रै हो त ? भन्ने प्रश्नमा पाठक भन्नुहुन्छ सबैभन्दा महत्त्वपूर्ण कुरा, बैङ्किङ प्रणालीप्रति सर्वसाधारणमा विश्वास नै भएन । त्यसैले मानिसहरू आफ्नो रकम वित्तीय संस्थामा राख्नुभन्दा घरमै राख्नु उचित सम्झन थाले । बजारमा पैसा प्रशस्त छ, तर बैङ्किङ प्रणालीमा छैन । तरलता छ, तर प्रणालीबाहिर छ । यसबाट समानान्तर अर्थतन्त्र सञ्चालन हुने खतरा बढेर गएको हो ।सरकारको अर्थनीति, राष्ट्र बैङ्क र समग्र वित्तीय प्रणालीप्रति मानिसको विश्वास नभएकाले नै यो अवस्था सृजना भएको हो ।वित्तीय प्रणालीभन्दा बाहिर रकम रहन थालेपछि राष्ट्र बैङ्कको मौद्रिक नीतिको प्रभावकारिता रहँदैन । वित्तीय सङ्कट अझ बढी गहिरिन्छ । नेपाली मुद्राप्रति नै मानिसमा विश्वास कम हुँदै जान्छ । त्यसपछि मानिसहरू सुन-चाँदी र विदेशी मुद्रा सञ्चय गर्न थाल्छन् । यसबाट पूँजी पलायन पनि तीव्र हुन थाल्छ । मुलुकका अर्थतन्त्रका निम्ति यो अत्यन्तै नकारात्मक कुरा हो पाठकले भने।भारतीय मुद्रासँग नेपाली मुद्रा अवमूल्यन गर्नुपर्ने कुरा पनि अहिले चलेको हल्ला प्रती त्यस्तो अवस्था नआएको बिश्लेशकहरुको भनाइ छ। पाठकले पनि यसलाई स्विकार गरे । हचुवाका भरमा मन्त्री र गभर्नरका मुखबाट पनि बेलाबखतमा मुद्रा अवमूल्यनको कुरा आउने गरेको छ । अर्थव्यवस्थालाई सुधारेर नेपाली मुद्राको विनिमय दरलाई स्थिर राख्नुपर्छ ।
शेयर बजारको अवस्था त दिनानुदिन नाजुक बन्दै गएको छ । यसको सुधारका निम्ति पहिलो, अहिलेको समग्र शेयर बजारले देशको आर्थिक परिवेशलाई प्रतिनिधित्व गर्छ । लगानीप्रति मानिसहरूमा जुन प्रकारको अविश्वास छ, त्यसको प्रतिबिम्ब शेयर बजारमा परेको छ । दोस्रो, व्यवस्थापन पक्षको पनि दोष छ । मानिसहरूले बैङ्कको शेयर धितो राखेर लिएको मार्जिन ऋणको ब्याजदर असाध्यै बढी भएकाले शेयरको भाउ घटेको हो । केही वर्षअगाडि शेयर बजारको भाउ अस्वाभाविक रूपमा आकासिन थाल्यो भनेर मार्जिन ऋणलाई निकै कडा गरिन लागेको पनि थियो । त्यसलाई अहिलेको परिस्थितिअनुसार समायोजन गर्नुपर्ने आवश्यकता छ । शेयर बजार यस्तो अवस्थामा पुग्दा नागरिक लगानी कोषलगायत मार्केट मेकरहरू के गरेर बसेका छन् ? तिनीहरूको कुनै दायित्व छैन ? समग्रमा भन्नुपर्दा मुलुकमा लगानीमुखी वातावरण बनाउनुपर्छ प्रबन्धक पाठकले भन्नु भयो ।
हुनत बित्तिय सस्था बैकहरु दलाल (जग्गाकारोबारी)जस्ता हुनु अर्थात एकै पटक छिट्टो र धेरै कमाउन खोज्नु पनि एउटा नकरात्मक पक्षहो पाठक भन्छन । बैकर्षहरुले आफु संचाल



