– कृष्ण भट्टराई
खाचिकोट ५ फुडवाङ
एम.एसि. एजि. बागवानि
बागबानि विभाग कृषि बिज्ञान संस्थान
बानरस हिन्दु बिश्वबिधालय
भूमिकाः-
सुन्तला जाती फलफूल खेती लाभदायिक र आकर्षक व्यबसाय भएकोले यसको उत्पादन मा कढी चासो लिइएको पाइन्छ बालि नियन्त्रणमा फल झर्ने समस्या बढि हुने हुदा फल झर्ने समस्या कृषक र बैज्ञानिकहरु सबैले ध्यान आकृष्ट गर्नु पर्ने नितान्त आबश्यक भएको छ । सुन्तलाजाती फलफूलमा पहिले देखिनै समस्याहरु नरहेको होईनन् तर यसको माग तथा बजार बढ्दै गएको हुनाले आपूर्तिको लागी बगैंचाको स्थापना दिन प्रतिदिन बढ्दै गएको छ । जसको फलस्वरुप फलफूल व्यबसायीक रुपमा लीन थालेको छ अर्थात यस बाट नगद आम्दानी हुन थालेपछि कृषकहरु यसको बगैंचा स्थापना गर्न निकै जागरुक हुन थालेका छन् । आजभोली कृषकहरुको गुनासो अनुसार सुन्तला बाट भै रहेको आम्दानीमा ह्रास हुन थालेकोले यसका समस्याहरु कारण लक्षण र नियन्त्रण गर्ने तर्फ हर सुन्तला बगैंचा हुने कृषकहरुले चासो लीनु पर्ने अत्याबश्यक छ ।
साधारणतया बगैंचामा फल झर्ने समश्याहरुः-
फुल फुले देखि फल टीप्ने समय सम्म धेरै मात्रामा फुल र फल झर्दछन् । यो फूल र फल झर्ने काम क्रमिक रुपमा भै रहेको पाईन्छ तथापी फुल झरिरहेकोमा त्यतिसारो ध्यान गएको पाईदैन ।
क – फल लागी सकेपछि झर्नुः- यो फलको अत्यधिक संख्या र पराग सेचन र निसेचनको अभावले गर्दा हुन जान्छ । सुन्तलाजातीको बोटमा यो स्वभाबिकनै हो ।
ख – गृष्म वा जुन ड्रपः- यो बसन्त ऋतुको अन्तमा वा शुरु गृष्ममा हुन्छ जनुबेला तापाक्रम उच्च हुन्छ तथा माटो र हावा सुख्खा हुन्छन् यतिबेला धेरै फल झर्दछन् ।
ग – टिप्नु भन्दा अघिः- यस समयमा छिप्पीएको फल झर्दछन् । यो बिषेश गरी अक्सिन हर्मोन को कमीले गर्दा हुन्छ ।
घ- छिप्पीएको अबस्थामा फल झर्नुः- यो खास गरी माटोमा अत्यधिक पानी धेरै बर्षा र रसायनिक असन्तुलनले गर्दा हुन्छ ।
फल झर्ने कारणहरुः-
-पराग सेचन र निसेचनको अभावमा फलको बिकास हुन सक्दैन – भ्रुणको बिकास र अक्सीन हर्मोनको आपूर्ति हुन सक्दैन र फल झर्दछ ।
-कार्वन र नाईट्रोजनको अनुपातमा असन्तुलनले गर्दा फल झर्दछ ।
-लामो समय सम्म धेरै गरम र सुख्खा अबस्थाले गर्दा श्वसन रेस्पीरेसन र बास्पोत्सर्जन ट्रान्स्पीरेसन उच्च दरमा हुन्छ जसले गर्दा बोटमा सुख्खापन डिहाईड्रेसन आउंछ भेटनोमा भन्जन परत एव्सीसन लेयर को निर्माण हुन्छ र अन्ततोगत्वा फल झर्दछन् ।
-माटो र हावामा प्रयाप्त आद्रताको अभावः- सुख्खा हावाले गर्दा बास्पोत्सर्जन ट्रान्स्पीरेसन धेरै बढ्नाले पानीको माग खासगरी बिकासित फल द्धारा धेरै बढ्दछ । पानीको आपूर्तिमा अभाव हुंदा बोटको शरिरक्रीयात्मक कार्यहरुमा असन्तुलन उत्पन्न हुन्छ । माटोमा पानीको धेरै कमी भएको बेला बढी फल झर्दछ ।
-कयौं दिनदेखि धेरै पानी पर्नाले माटोमा पानीको मात्रा अधिक हुन्छ यस्ले श्वसन र जराको काममा बाधा उत्पन्न गर्दछ र फल झर्दछ ।
–हानीकारक कीराहरुः– सुन्तलाजातीमा लाग्ने कोलिाको सुलसुले पतेरो मिलिबग कत्ले कीराको आक्रमणले पनि फल झर्दछ । कुनै कुनै बगैंचामा फल िझंगाको औंसा पनि फल झार्ने कारकमा आउंछ ।
-रोगहरुः- व्ल्याक रट बोक्राको दाग भेट्नो कुहिने आदि कारणले पनि फल झर्दछ ।
–अक्सीजनः- भन्जन परतको निर्माण अक्सिजन द्धारा परिचालित हुन्छ । बोटमा फल र पातहरु अडिनुमा अक्सिजन आपूर्तिमा निर्भर गर्दछ । अक्सिजन संश्लेषण निर्माण को प्रधान स्थलनै बीउ हो । यस कारण बीउ हुने जातमा बीउ जति कम हुन्छ फल झर्ने सम्भावना त्यतिनै बढी हुन्छ ।
समाधानका उपायहरुः-
-गरम तथा सुख्खा मौसममा पर्यात जलको आपुर्ति गर्नु पर्दछ र माटोमा चिस्यान संरक्षण उपायहरु जस्तो छापो दिने व्यबस्था हुनु पर्दछ ।
-बर्षा याममा जल निकासको व्यबस्था गर्नु पर्दछ ।
-आबश्यक मात्रामा पोषक तत्वहरु मलखाद र शुक्ष्म तत्वहरु आपुर्ति गर्नु पर्दछ ।
-माटोको पि।यच सन्तुलनमा ल्याउनु पर्दछ ।
-फल झार्ने संग सम्बन्धीत रोग किराको नियन्त्रण गर्नु पर्दछ ।
-गृष्म वा जुन ड्रप जेष्ठ आषाढ समस्याको लागी २०-२२ पी.पी.एम टु फोर डी वा टु फोर फाइभ टीको ५ पी।पी।एमको घोल फल झर्नु भन्दा अगाडी स्प्रे गरी दिने ।
-टिप्नु अघि फल झर्ने समस्याका लागी २०-२२ पी.पी.एम टु फोर डी पहिलो पटक भाद्रमा र दोश्रो पटक कार्तिक महिनामा स्प्रे गरी दिने ।
बगैंचामा देखा पर्ने अन्य धेरै किसिमका समस्याहरु निम्न प्रकारका छनः-
सुन्तलाजात फलफूलको लागी सिचाईको आबश्यकता पर्दछ । तर हाम्रो देशमा अरु बाली नहुने जग्गामा मात्र फलफूल लगाईएको पाईन्छ । फलफूल लगाईएको जग्गा उत्तर फर्केको छ र बगैंचा माथी बसोबास रहेछ भने केहि हद सम्म सुन्तला बगैंचा राम्रो देखिएको छ ।
सुख्खा मौसममा माटो अति सुख्खा हुने बर्षादमा माटो गिलो भएर पानी जमी रहने र बिरुवा लाई थप मलजल नगर्नाको कारण बाट िहंउदमा सुख्खा मौसममा बोट पहेंलिने पातहरु झर्ने फूल र फलको चिचिला झर्ने बोट बढ्न नसक्ने र झिङ्गरिङ्ग देखिने । यस प्रकार बोटमा ह्रास हुंदै जानाको कारणले शुरुमा राम्रो फल फलेता पनि पछि गएर कम र सानो फल फल्ने हुन जान्छ । हाम्रा कृषकहरुले बोटलाई मलजल दिईने गरिदैन भने त्यसैमाथी बर्षेनी नजिकमा मकै कोदो िपंडालु आदि बाली लगाईन्छ जसको फलस्वरुप बिरुवाको बृद्धिमा यस्ले प्रतिकुल असर पार्दछ ।
बिरुवा लगाएपछि बिरुवाको कांटछांट पनि त्यतिकै आबश्यक हुन आउंछ । बोटको ढांचा बलियो पार्न बोट लाई ठीक आकार दिन बोट भित्र हावा र घाम पस्न फलको गुणस्तर बढाउन सन्तुलित रुपमा फलाउन छर्कने बिषादीहरु लाई बढी प्रभावकारी पार्न मरेका भांचिएका र रोग किरा लागेका अनाबश्यक हांगाहरुलाई हटाउन कांटछांटको अति आबश्यक हुन्छ ।
प्रयाप्त मलजल हाली माटो उर्बरक भएर पनि बोट बिरुवा अश्वस्थ देखियो भने रोग कीरा लागेको सम्झनु पर्ने हुन्छ । हाम्रो देशमा बोट बिरुवाहरु लाई रोगको बिरुद्ध नियन्त्रण गर्नुको सट्टा त्यसै छाडिन्छ ।
जस्तै खराने रोग र गुलाबी िपंक रोगहरु लाई ढुस्सी नाशक बिषादीले नियन्त्रण गर्न सकिन्छ भने जरा कुहिने रोग फेद कुहिने रोग र गमोसिस रोगहरु माटो उपचार गरी नियन्त्रण गर्न सकिएता पनि बढी खर्चिलो हुन जान्छ । अतः बगैंचामा खनजोत गर्दा र मलजल गर्दा सावधानी भएको खण्डमा यस बाट हुने हानी नोक्सानी बाट बिरुवालाई बचाउन सकिन्छ ।
ग्रीनिङ्ग रोग जस्ता खतर्नाक रोग लागेमा बोट बगैंचा मास्नु बाहेक अर्को बिकल्प हुन नसक्ने हुन्छ । बोट नजिक गहिरो संग खानजोत गर्दा माटो धेरै अमिलियपन हू।दा चिम्टाइलो माटोमा बर्षामा धेरै समय सम्म पनि पानी नबगी तल्लो माटो ओभानो हुन नपाउंदा चुडिएको जरा र घाउ लागेको ठाउंमा रोगका ढुस्सी प्रबेश गरी जरा र जमीन नजिकको फेदको बोक्रा कुहाउंछ । फेदको माथिल्लो भागको बोक्रा र जमीन नजिकका हांगाहरु बाट पनि यो रोग प्रबेश गर्दछ ।
जरा र फेदको बोक्रा कुहिए पछि बोटमा मलजलको सन्चारमा बाधा पर्दा बोट पहेंलिन्छ पातहरु झर्दछ र उपचार गर्ने कार्यमा ढीलाई भएमा बोट अनुत्पादन हुन जान्छ ।
जुन हांगा पहेंलिन्छ त्यस मुनिको बोक्रा वा जरा कुहिएको हुन सक्दछ । खराने रोग लाग्दा नयां र कलिला पालुवा खरानी छरेको जस्तो फुस्रो सेतो देखिन्छ । पातहरु झर्दै त्यस्ता हांगाहरु टुप्पा बाट मर्दै जान्छ । गुलाबी रोग िपंक रोग लाग्दा फटफूट बोटका हांगाहरु मर्ने गर्दछ । यस्ता हांगाहरुको पात झर्न वा नझर्न पनि सक्दछ । बोक्रा फुट्ने र कहिले काहीं चोप पनि देखिने हुन्छ ।
पात खन्ने कीरा लिफ माईनर ले पातको सतह मुनि बसेर खांदै खन्दै बांङ्गो टिङ्गो बनाई अगाडी बढ्दै गएको देखिन्छ । यसले गर्दा पातहरु बटारिन्छ र दोब्रीन जान्छ र पछि बेकम्मा भई झर्न थाल्दछ । यसले गर्दा बोट बढ्न पाउंदैन र अनुत्पादक हुन्छ ।
बिभिन्न प्रकारका मसिना लाम्चा र बाटुला कालो वा खैरो ससाना गिर्खा जस्ता कत्ले कीराहरु पात र कलिला डांठहरुमा टांसिएको हुन्छ । यी कीराहरुले आक्रमण गरेको पातहरुमा मह जस्तो च्याप च्याप लाग्ने हुन्छ र त्यस ठाउंमा कालो ढुस्सी सुटि मोल्ड पातहरु माथी कालो तह जमेको देखिन्छ ।
भाद्र/अशोज महिना तीर पतेरो कीरा ले फलको रस चुस्दछ र चुसेको ठाउं बाट फल पहेंलिदै गई पछि बोट बाट झर्दछ ।
फल कुहिने र झर्ने समश्या प्रुट ल्फाई कीराले फलको बोक्राको सतह मुनि फुल पार्दछ । फूल बाट औंसा निस्केर फल खांदै भित्र पस्दछ र गुदीलाई खाएर कुहाउंछ । त्यस्तो किसिमको फल फल पाक्नु भन्दा पहिलेनै पहे्रंलिएर झर्दछ । झरेको फलको बोक्रामा प्वाल पारी ओंसा माटोमा पस्दछ र त्याहां अचल अबस्था पार गरी &#