काठमाडौं – नेपाल भ्रमणमा आउने पर्यटक बढ्न थालेपछि पाँचतारे होटलका कोठा दुई महिनाका लागि सतप्रतिशतसम्म भरिएका छन्। पर्यटक आगमनको आगामी ुपिक सिजनु भएका कारण ठूला होटलमा खालि कोठा पाउन मुस्किल भएको छ।
राजधानी काठमाडौंमा आठ र अर्को ठूलो पर्यटन गन्तव्य पोखरामा दुईवटा पाँचतारे होटल सञ्चालनमा छन्। आगामी अक्टोबर र नोभेम्बर महिनाका लागि ती होटलका कोठा न्यूनतम ८८ देखि सतप्रतिशतसम्म ुबुकिङु भएका छन्।
होटल व्यवस्थापनका अनुसार गत वर्षको दाँजोमा यसपालि कोठाको मूल्य पनि केही प्रतिशतसम्म वृद्धि भएको छ। २ सय ६० कोठा रहेको लाजिम्पाटस्थित पाँचतारे होटल र्याडिसनमा आगामी अक्टोबर र नोभेम्बरभरिका लागि सतप्रतिशत बुकिङ भएका छन्।
ुपिक सिजन भएकाले अक्टोबर र नोभेम्बर दुई महिनाका लागि सबै कोठा बुकिङ भएका छन्,ु र्याडिसनका महाप्रबन्धक प्रह्लादराज कुवँरले आइतबार नागरिकसँग भने, ुपोहोरको दाँजोमा थप आशावादी छौं।
उनका अनुसार छुट्टै भवन बनाइ हालै थप गरिएका १ सय कोठा पूर्णरूपमा सञ्चालनमा आइसकेको छ। यसका लागि होटलले ५० करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ। प्रतिरात प्रतिकोठा औसत १ सय अमेरिकी डलरमा बिक्री भइरहेको छ। यो १३ प्रतिशत मूल्य अभिवृद्धि कर ९भ्याट० र १० प्रतिशत सेवा शुल्कबाहेक हो। यो भाउले कोठा र ब्रेकफास्ट पाइन्छ। त्यसै गरी सिंगल बेडलाई प्रतिरात १ सय १० र डबल बेडलाई १ सय २० डलर लिइएको छ।
कुवँरका अनुसार नयाँ १ सय कोठा सबै ुप्रिमियमु हुन्। कोठाका आकार पहिलेका भन्दा ठूला छन्। तिनमा अन्तर्राष्ट्रिय स्तरका सबै आधुनिक सुविधा उपलब्ध छन्। प्रत्येकमा ४२ इन्चका एलइडी टेलिभिजन सेट छन्। सबै ुहोटल मोडु का टिभी हुन्। बार पनि छन्।
नयाँ भवनमा छुट्टै लबी, बिजनेस सेन्टर, रिसेप्सन, कफी सप, बार, लाउन्ज, मिटिङ रुम, कन्फरेन्स हल पनि छन्। १ सय सिट क्षमताको एउटा इन्डियन रेस्टुरेन्ट पनि रहेको उनले बताए। ुहाम्रो होटलमा अमेरिकी, युरोपेली र अस्ट्रेलियाली पयर्टकको बुकिङ बढी छ,ु उनले भने।
लाजिम्पाटकै अर्को पाँचतारे सांग्रिलाले पनि आउने दुई महिना यस्तै गरी पर्यटक चाप थेग्नुपर्ने छ। २२ क्लब र ७८ डिलक्स कोठा रहेको सांग्रिलामा पनि अक्टोबर र नोभेम्बरभरि लगभग सतप्रतिशत कोठा बुक भएका छन्।
ुहाम्रा दुबै होटलमा दुई महिनासम्म कोठा पाउन मुस्किल छ,ु सांग्रिलाका वरिष्ठ महाप्रबन्धक राजुविक्रम शाहले भने, ुआउने सिजन राम्रै हुने निश्चित छ।ु सांग्रिलाले पोखरामा रहेको चारतारे साँग्रिला भिलेज रिसोर्टमा पनि यहाँको जस्तै कोठा बुकिङ भएको उनले जानकारी दिए। उताको होटलमा ६१ वटा ुडिलक्सु कोठा छन्। त्यहाँ अक्टोबरलाई ९७ र नोभेम्बरलाई ९८ प्रतिशत बुकिङ भएको उनले बताए।
उनका अनुसार केही पर्यटकले बुकिङ रद्द गरे पनि अक्टोबरका लागि ९३ प्रतिशत र नोभेम्बरलाई ९५ प्रतिशत कोठा बुक भएका छन्। दुई महिनालाई प्रतिकोठा प्रतिरात सिंगल बेडलाई करबाहेक १ सय डलर तथा डबल बेडलाई १ सय १५ डलरमा बिक्री गरिएको छ। समूहबाहेक एक्लै आउने पर्यटकलाई प्रतिरात १ सय ५० डलरसम्म लिने गरिएको छ।
नयाँबानेश्वरको पाँचतारे एभरेस्टले पनि दुई महिनाका लागि सबै कोठा बुकिङ भएको जानकारी दिएको छ। ुअक्टोबर र नोभेम्बर दुई महिनालाई हाम्रो होटलमा कोठा पाउन गाह्रो छ,ु एभरेस्टका बिक्री निर्देशक अमिर प्रधानाङ्गले भने, ुयसमा सामान्य रद्द हुन सक्छ।ु
१ सय ६० कोठा रहेको एभरेस्टले करबाहेक न्यूनतम ९० देखि १ सय १० डलरमा कोठा बिक्री गरिरहेको छ। होटलमा युरोपेली, जापानी, थाईलगायत देशका पर्यटकको बुकिङ उच्च रहेको उनले जानकारी दिए। ुयसपालि बढी आशा छ,ु उनले भने।
दरबारमार्गमा रहेको पाँचतारे याक एन्ड यतीका २ सय ४६ कोठा पनि करिब सतप्रतिशत बुकिङ भएका छन्। अक्टोबरलाई ८८ प्रतिशत र नोभेम्बरलाई ७२ प्रतिशत बुक भएको आवासीय प्रबन्धक भरत जोशीले जानकारी दिए।
ुनोभेम्बरका लागि अझै बुकिङ आउनेक्रम जारी छ,ु उनले भने, ुकोठा भाडा प्रतिरात करबाहेक औसत ९० डलरमा बेचिरहेका छौं,ु जोशीले भने, ुयसलाई बढाउँदै अक्टोबर(नोभेम्बरमा १ सय डलर पुर्याउने लक्ष्य छ, ९५ डलर त अवश्य पुग्छ। भाडाबाट सन्तुष्ट छौं।
उनका अनुसार याक एन्ड यतीमा नोभेम्बरमा हुने तीन ठूला अन्तर्राष्ट्रिय स्तरका सम्मेलन मंसिर ७ मा चुनाव घोषणा भएका कारण रद्द भएका छन्। युएसएड, प्लान नेपाल र केयर इन्टरनेसनलका सम्मेलन रद्द भएका हुन्। यसबाट ४ सय ४२ कोठा प्रतिरात रद्द भए। ुयसबाट कूल व्यापारको ६ प्रतिशत आम्दानी गुम्यो,ु उनले भने।
– RSS