काठमाडौं । चाडपर्वहरुको समयमा हुने कालाबजारी नियन्त्रण र मूल्यबृद्धि नियन्त्रण गर्ने उद्देश्यका साथ बाणिज्य विभागले अनुगमनलाई तीब्रता दिएको छ ।
यही क्रममा विभागले मंगलबार बालाजु क्षेत्रको खाद्यका दुई ठूला थोक बिक्रि पसलमा अनुगमन गरि खाद्यान्नको मुल्यसूची र स्टकको बारेमा जानकारी लिएको छ ।
बालाजु चोकस्थित सिजन इन्टरप्राइजेज तथा मौसम टेड कन्सर्नमा खाद्य सामाग्रीको भण्डारण तथा मुल्यको बारेमा टोलीले जानकारी लिएको थियो भने यी दुवै पसलमा चिनीको पर्याप्त स्टक भेटिएको थियो ।
अनुगमनका क्रममा दुवै पसलहरुमा मूल्यसूची स्पष्ट नभएको, विल विजक दुरुस्त नभएको, खाद्य भण्डारणमा हेलचेक्रयाई गरेको भेटिएको विभागकी अधिकृत रेखा मिश्रले बताउनुभयो ।
विभागले सुचनाको आधारमा यी क्षेत्रमा अनुगमन गरिएको जनाएको छ ।
– RSS