– बाबु रोका(मगर)अपरिचित
असुरकोट-९, अर्घाखाँची, हाल (दिल्ली भारत)
कुनै ब्यापार थिएन मात्र थियो मेरो चोखो माया
जहाँ नाफा र नुक्सान खोज्यौ तिमीले |
एउटै बाटो हिंड्ने यात्रि थियौ हामी
आज अचानक अर्को बाटो किन रोज्यौ तिमीले
खोइ किन हो मैले त बुझ्नै सकेन
म आफुले आफै सँग प्रश्न गर्न वाध्य भएको छु |
म त तिम्रो साधन र साध्य मात्र भएको छु
निष्प्राण नि:शब्द भएर बाँच्न वाध्य भएको छु | बाँच्न वाध्य भएको छु ||



