काठमाडौं यस साता शेयर बजार परिसूचक नेप्सेमा गिरावट आयो । गत साता साढे ८ अंकले बढेको नेप्से यस साता भने ३ अंक बढिले घट्यो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा तीन दशमलब चार तीन अंकले ह्रास भई अन्तिम दिन ४ सय ८ दशमलब चार चार अंकमा आइपुग्यो । यस साता अधिकांश समूहमा गिरावट आयो ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १२७ कम्पनीको ८ हजार ६ सय ४७ कारोबारबाट ३४ करोड १८ लाख रुपैयाँ बराबरका १३ लाख कित्ता शेयरहरु खरीद बिक्री भए । गत साता १२२ कम्पनीको ७ हजार २ सय ७४ कारोबारबाट ३६ करोड ५३ लाख रुपैयाँ बराबरका १२ लाख ४० हजार कित्ता शेयरहरु खरीद बिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा साढे ६ प्रतिशतले ह्रास आएको हो ।
यस साता कारोबार रकम र कारोबार भएको शेयर कित्ता र कारोबार संख्याको आधारमा चिलिमे हाइड्रो पावर कम्पनी अग्रस्थानमा रह्यो । कारोबार रकमको आधारमा चिलिमे हाइड्रो पावर कम्पनीलाई एभरेष्ट बैंक, बैंक अफ काठमाण्डू, ग्राण्ड बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले क्रमशः पच्छयाउन पुगे ।



