इराकमा सुरक्षाकर्मीलाई लक्षित गरिएको आक्रमणमा ११ सैनिक सहित १८ जना मारिए

इराकमा सुरक्षाकर्मीलाई लक्षित गरिएको आक्रमणमा ११ सैनिक सहित १८ जना मारिएका छन् । राजधानी बग्दादको उत्तरमा रहेको सेनाको चेकपोष्टमा आक्रमणकारीले बम र गोली प्रहार गरेर १८ जनाको हत्या गरेका हुन् ।

त्यस्तै किरकुक शहरमा गराइएको अर्को बम आक्रमणमा प्रहरीमा भर्नाका लागि पुगेका सात जना मारिएको बताइएको छ ।

शिया मुश्लिम समूदायको धार्मिक स्थलमा गराइएको आक्रमणमा आठ जना मारिएको भोलि पल्टै यो आक्रमण भएको हो । इराकमा पछिल्लो समय अलकायदासंग सम्बन्ध रहेका सुन्नी विद्रोहीहरुले आक्रमण तिब्र बनाएका छन् ।

 

– एजेन्सी