वाणिज्य मन्त्रालयले अत्यावश्यक वस्तुको मूल्य अझै तोक्न सकेन

काठमाडौं । निजी क्षेत्रको असहयोगका कारण वाणिज्य मन्त्रालयले अत्यावश्यक वस्तुको मूल्य अझै तोक्न सकेको छैन । बजारमा अस्वाभाविक मूल्य बृद्धिको गुनासो बढेसंगै सरकारले अघिल्लो हप्ता नै चामल, दाल, तेल, पिठो लगायतका आठ अत्यावश्यक बस्तुको अधिकतम मूल्य तोक्ने तयारी गरेको थियो ।

चामल, दाल, तेल, पिठो जस्ता दैनिक उपभोग्य वस्तुलाई सरकारले अत्यावश्यक भनेर सूचिकृत गरेपनि अत्यावश्यक वस्तुका बारे निर्णय गर्न भने ढिलाई हुँदै आएको छ । निजी क्षेत्रले अहिले विद्यमान मूल्य अझै बढ्ने गरी अधिकतम मूल्य तोक्न सुझाब दिएसंगै मन्त्रालय अन्यौलमा परेको बुझिएको छ ।

वाणिज्य विभागले निजी क्षेत्रलाई पुन केही दिनको समय दिएको बताइएको छ । यो अवधिभित्र पनि निजी क्षेत्रबाट जायज सुझाब प्राप्त हुन नसके भदौ मसान्त भित्र अधिकतम मूल्य तोकी असोज १ गतेबाट कार्याव्यन गराउने तयारीमा सरकार रहेको विभागका महानिर्देशक नारायण प्रसाद बिडारीले जानकारी दिनुभयो ।

 

– RSS