कृषि अनुसन्धानको विकासमा सरकारले ध्यान नदिएको सरोकारवालाहरुको आरोप

ललितपुर । कृषि अनुसन्धानको विकासमा सरकारले ध्यान नदिएको सरोकारवालाहरुले आरोप लगाएका छन् । आज ललितपुरमा नेपाल कृषि अनुसन्धान परिषद् कर्मचारी एशोसियसनको चौथो अधिवेशनमा सरोकारवालाहरुले सरकारले अनुसन्धानमा आवश्यक बजेट विनियोजन नगरेकोमा आक्रोश व्यक्त गरेका हुन् ।


उनीहरुले नेपाल कृषि प्रधान देश भएपनि कृषिको विकासमा राज्यले पर्याप्त ध्यान नदिएको गुनासो गरे । नेपालबाट बैदेशिक रोजगारीमा जानेको संख्या वढेको भन्दै उनीहरुले यूवा जनशक्तिलाई कृषि क्षेत्रमा लगाउनुपर्नेमा जोड दिए ।


कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम र मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा कृषि विज्ञहरुले कृषिको विकासमा ध्यान दिन आग्रह गरेका हुन् । – RSS