
मलाई पनि बिदेसमा गाउमै जौ झैँ भाको छ

आमा.दिदि बहिनि चेलीबेटी रमाउदै गाउमा
मत आज सात समुन्द्र पारि विदेशको ठाउमा

अर्घाखाँची मैदान बोखर र सल्लेरीको डाडामाथि

तीज पर्ब मनाउदै घुम्दै हुनुहोलान मेरा सबै साथि
चेलीबेटी दिदीबहिनी रातो साडी फेसनमा रमाउदै

बिर्सेको छैन नाचेको गत साल उनको हात समाउदै
बादलुको राम्रो ताल बासुरीको तिखो स्वर सुनी
त्यो तीजमा रमाउनु टाढा भएनी नजिकै छ भनि

कुनै बेला आउने छु बासुरीको साथमा
सके भने बिपनिमा नत्र भने सपनीमा
सथिसंगा गाउदै नाच्दै रमाएको हासी हासी

प्रण भन्दा प्यारोलाग्छ मैदान मेरो अर्घाखाँची
चिसो हावा सिरिसिरी बासुरी धुन तिरी तिरी
संसारमा जहाँ भएपनि छिट्टै आउछु फिरी फिरी




