फिलिप्सका नयाँ उत्पादनका टेलिभिजन सेट स्थानीय बजारमा

Click on the slide!काठमाडौं । फिलिप्सका नयाँ उत्पादनका टेलिभिजन सेट स्थानीय बजारमा भित्र्याइएको छ । फिलिप्सका लागि नेपालको आधिकारीक बिक्रेता स्याकार कम्पनीले फिलिप्सका अत्याधुनिक प्रविधियुक्त एचडि क्षमताका स्मार्ट फोन कन्ट्रोल र रेकर्डिङ्ग सुविधायुक्त नयाँ टेलिभिजन सेटहरु स्थानीय बजारमा ल्याएको हो ।

 

डिजिटल क्रिस्टल क्लियर फिलिप्स ३००० सिरिजका एलसिडि टिभी, ३५०० सिरिजका एलइडि टिभी, पिक्सेल प्लस एचडि फिलिप्स ४००० सिरिज स्मार्ट एलइडि टिभी र पिक्सेल प्लस एचडि फिलिप्स ५५०० सिरिज स्मार्ट एलइडि टिभी स्थानीय बजारमा ल्याइएको हो ।
 

यी टेलिभिजन सेटहरु नेपाली बजारमा पाइने अन्य टेलिभिनज सेट भन्दा उच्च गुणस्तरको रहेको कम्पनीको दाबी छ । यी टेलिभिजन सेटको स्थानीय बजार मूल्य करिब १ लाख ४० हजार देखि २ लाख ६० हजार रुपैयाँ सम्म रहेका छन् ।

– RSS