राणा शासन विरोधी आन्दोलनमा लागेर नेपालमा प्रजातन्त्र ल्याउन महत्वपूर्ण भुमिका खेलेका जिउंदा शहीद रामहरि शर्माको निधन

जिउंदा शहीद रामहरि शर्माको निधनकाठमाडौं  । राणा शासन विरोधी आन्दोलनमा लागेर नेपालमा प्रजातन्त्र ल्याउन महत्वपूर्ण भुमिका खेल्नु भएका जिउंदा शहीद रामहरि शर्माको आज निधन भएको छ ।

 

शर्माको आज विहान राजधानीको ब्लु क्रस अस्पतालमा निधन भएको हो । प्रजा परिषद नामक राजनीतिक दल स्थापना गरेर प्रजातन्त्र प्राप्तिका लागि संगठित अभियान अगाडि बढाउनु भएका शर्मा बिक्रम सम्बत २००७ सालको परिवर्तनको बाहक मानिनुहन्थ्यो ।

 

 चार शहीदहरु गंगालाल, धर्मभक्त, शुक्रराज र दशरथ चन्दसंगै उहां राजनीतिक आन्दोलनमा होमिनु भएको थियो ।

 

राणा शासकहरुले मृत्युदण्डको सजाय सुनाए पनि मृत्युदण्डबाट बच्नु भएका शर्मालाई त्यही कारण जिउंदो शहीद भनिएको थियो ।

 

– RSS