तालिवानी विद्रोहीको गोली लागि घाइते भएकी अन्तर्राष्ट्रियय शान्ति पुरस्कारका लागि मनोनित पाकिस्तानी किशोरी मलाला युसुफजईको टाउकोको सफल शल्यक्रिया गरिएको छ । उनी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
पाकिस्तानमा सबैका लागि शिक्षा अभियानमा सक्रिय रहेकी १४ बर्षीया मलालालाई केही दिनअघि विद्यालयबाट घर फर्कने क्रममा तालिवानी लडाकुले गोली हानी हत्या प्रयास गरेका थिए । त्यसक्रममा उनका केही सहकर्मीहरु घाइते भएका थिए ।
घटना लगत्तै तालिवानले धर्म निरेपेक्षताको पक्ष र तालिवानको विरोधमा लागेको उनीमाथि आफुहरुले गोली प्रहार गरेको जनाएको थियो । घटनापछि पाकिस्तान र अमेरिकाले तालिवानको कडा आलोचना गरेका थिए ।



