कञ्चनपुर – वनवसा पुलबाट महाकाली नदीमा हाम फाल्ने नेपाली युवकलाई भारतीय प्रहरीले बचाएका छन्। भारतबाट घर फर्कंदै गरेका प्युठानका गुञ्जबहादुर विकलाई महाकाली नदीमा डुब्न लागेका बेला भारतीय प्रहरीले आज बचाएका हुन्।
भारतीय शारदा पुल बैराज चौकीका प्रमुख सिएस कन्यालका अनुसार घर फर्कंदै गरेका विक मदिराको नशामा रहेको र उनले एकाएक सीमा पुलको १६ नम्बर ढोका नजिकबाट नदीमा हाम फालेको थियो।
उनलाई सँगै रहेका आफन्तको जिम्मा लगाइएको चौकी प्रमुख कन्यालले बताए। रासस



