बुटवल । बुटवलमा सञ्चालित दशैं सस्तो बजारमा किनमेल गर्न उपभोक्ताको भीड लागेको छ । स्थानीय बजार छाडेर ग्राहक भारतीय सीमावर्ती बजारतिर गएकाले उपभोक्ता रोक्न दशैं बजार सुरु गरिएको हो ।
सस्तो मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउन भन्दै बुटवल उद्योग वाणिज्य संघले दशैं सस्तो बजार संचालन गरेको हो । दशैं बजारमा तेल, घिउ, चामल, चिउरा, पीठो, चिनीदेखि इलेक्ट्रिकल सामानसम्म राखिएको छ ।
बजारमा ३० प्रतिशतसम्म छुटमा सामग्री उपलब्ध गराएपछि बुटवलबाहेकका जिल्लाबाट पनि उपभोक्ता किनमेलका लागि पुगेका छन् । कान्ति सभागृहमा संचालित बजार भोलिसम्म चल्ने छ ।
– RSS