दशैं सकिएलगत्तै नुवाकोटका किसानहरु धान भित्र्याउन व्यस्त

नुवाकोट  । नुवाकोटमा दशैं सकिएलगत्तै किसानहरु धान भित्र्याउन व्यस्त छन् । नुवाकोटको शिखरवेशी, समुन्द्रटार, खरानीटार, आँप्रह, थानसिंग, ढिकुरे, मदानपुर, बेल्कोट, तुप्चे, चौघडालगायत गाउं विकास समितिहरुमा यति बेला किसान धान भित्र्याउन व्यस्त छन् ।


धान पाकेकै कारण यो बर्षको दशैंमा टीका लगाउन टाढाका आफन्त कहाँ जान नपाएको गुनासो किसानहरुको छ ।


धान काट्ने बेला भएका कारण दशैं राम्रोसँग मनाउन नपाएका किसानहरु यो बर्षको तिहार भने रमाईलोसँग मनाउने सुरमा छन् ।


यो बर्ष पर्याप्त बर्षा नहुँदा नुवाकोटमा धान उत्पादनमा कमी आउने जिल्ला कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ ।

RSS