थबाङमा प्रचण्डलाई बास छैन

कुनै समय रोल्पाको थबाङका हरेक घर माओवादीका सेल्टर हुन्थे । पुष्पकमल दाहाल प्रचण्ड भनेपछि खाना खुवाउन तँछाडमँछाड गर्नेहरुको लाईन लाग्ने गरेको थियो । 


तर अहिले थबाङका कुनै घर उनलाई बास दिन तयार छैनन् । बरु उनी आए कालो झण्डा देखाउने भन्दैछन् ।माओवादीले युद्धकालमा राजधानी मान्दै आएको थबाङमा अहिले एकीकृत नेकपा माओवादीका गतिविधिमा अघोषित प्रतिबन्ध जस्तै रहेको कान्तिपुरमा खबर छ । थबाङका सर्वसाधारणसमेत प्रचण्डप्रति तीव्र आक्रोस व्यक्त गर्दछन् । 


युद्ध कालमा लामो समय प्रचण्डलाई खाना खुवाएका, बास दिएका र आफ्नो जीवन धरापमा पारेर पनि नेताहरुलाई बचाएका जनता अहिले निराश छन् ।