सहमतिमा छिट्टै दलहरुले संविधान लेख्ने चिनको विश्वास

नेपालकालागी चिनियाँ राजदुत याङ होलेनले नेपालका राजनीतिक दलहरुले विवादित विषयमा सहमति कायम गरेर संविधान लेखन प्रक्रियालाई छिट्टै निष्कर्समा पुर्याउने विश्वास ब्यक्त गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा उनले नेपालका राजनीतिक दलहरुवीच केही विषयमा गंभिर राजनीतिक मतभेदहरु भएको भन्दै त्यसमा सहमति गरेर मुलुकलाई निकास दिने धारणा राखे । चिन नेपाललाई सबै खाले सहयोग गर्न तयार रहेको स्पष्ट पारे ।
शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेकोमा खुसी ब्यक्त गर्दै उनल यसकालागी भौतिकपूर्वाधार, कृषि, जलविद्युत पर्यटन क्षेत्रको विकासकोलागी चिनका प्रतिष्ठित कम्पनीलाई प्रोत्साहन गरिएको जानकारी दिए ।
उनले नेपालले गर्ने निर्यात ५०० बस्तुमा छुट दिएको उल्लेख गर्दै त्यस्ता बस्तुमा उत्पादन बढाएर अधिकसे अधिक निर्यात गर्न आग्रह गरे ।
उनले नेपालको पूर्वाधार विकासमा चिनले आगामि दिनमा आर्थिक सहयोग बढउने जानकारी दिदै नेपालको पूर्वाधारमा लगानी गर्ने, कर्मचारीलाई तालिम दिने योजना रहेको सुनाए ।

राजदुतले ७५० मिलियन यूआन आर्थिक सहयोग दिएको, राजधानीको रिङ रोड बनाउने काम दु्रत रुपमा अघि बढेको , क्लचरल एक्सचेन्ज जारी रहेको र  चिनिया सास्कृतिक केन्द्र स्थापना गर्ने सहमति नेपाल चिनवीचको सम्बन्धको प्रगाढताको उदाहारण भएको बताए ।

नेपाल र चिनवीचको सम्बन्धलाई अझै प्रगाढा बनाउन नेपाली मिडियाले महत्वपूर्ण भूमिका खेलेको भन्दै यसमा चिन रिपोर्टर्स क्लब नेपालसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।  क्लब लाई प्रभावशाली मिडिया प्लाटफर्म को संज्ञा दिदै आफू समेत क्लबमा गएर बोल्न पाएकोमा खुसी ब्यक्त गरे ।
उनले चिनले संसारमा अधिपत्य जमाएका देखि छिमेकी मुलुकहरुकालागी विदेश नीति, आर्थिक विकास, मौसम परिवर्तन र द्धिपक्षीय सहयोगमा नयाँ कर्तब्य सहितको दृष्टान्त प्रस्तुत गरेको दावी गरे ।

चिनियाँ कम्यूनिष्ट पार्टीको १८ औ बैठकले अहिलेसम्मका उपलब्धिहरुलाई मुल्याङकन गरेर यस दशकालागी कार्ययोजना तयार पार्ने जानकारी दिदै चाईनिज प्रकृतिको समाजवाद विकास गर्न चाईनिज कम्यूनिष्ट पार्टीले आगामि दिनमा सबै जनजातीहरुलार्ई  एक्यबद्ध बनाएर देशमा नयाँ समाजको सृजना गर्ने विश्वास ब्यक्त गरे ।

 

Source:Rss

अन्य समाचारहरु