बर्मामा गएको शक्तिशाली भूकम्पमा परी १२ जनाको ज्यान गएको छ । मध्य बर्मास्थित दोस्रो ठूलो शहर मान्डलेबाट १ सय २० किलोमिटर उत्तरमा केन्द्रविन्दु रहेको भूकम्प ६ दशमलव ६ रेक्टर स्केलको भएको बीबीसीले जनाएको छ ।
स्थानीय समय अनुसार आज बिहान ७ बजेर ४२ मिनेटमा भूकम्प गएको थियो । भूकम्पबाट श्वेबोमा एउटा पुल क्षतिग्रस्त भएको छ भने कैयौं भवनहरु भत्किएका छन् ।



