गत वर्षको तुलनामा पाँचथरमा यस वर्ष धान उत्पादनमा कमी

पाँचथर  । गत वर्षको तुलनामा पाँचथरमा यस वर्ष धान उत्पादनमा कमी आउने भएको छ ।

 

धानलाई चाहिने पानी नपर्दा गत वर्षको तुलनामा १५ प्रतिशतले धान उत्पादनमा कमी आउने जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको हो ।

 

यस बर्ष समयमा वर्षा नहुँदा कृषकले भदौको अन्तिममा मात्रै धान रोपेका थिए । गत वर्ष २३ हजार १ सय १५ मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष झण्डै साँढे तीन हजार मेट्रिकटनले कमी आउने कार्यालयका प्राविधिक सहायक वीरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

 

जिल्लाका सबै गाविसमा धान उत्पादन हुने भएपनि उत्पादनमा कमी हुँदा कृषक भने चिन्तित छन् ।

 

– RSS