बलिउड नायिका मनिषा कोइरालालाई क्यान्सर, मुम्बईमा उपचार हुँदै


 

मुम्बई – बलिउड हिरोइन मनिषा कोइराला क्यान्सरको उपचारका लागि अस्पताल भर्ना भएकी छिन्।

 

केही दिनअघि काठमाडौंमै विरामी भएकी मनिषालाई क्यान्सर भएको देखिएपछि मुम्बईको जसलोक अस्पतालमा भर्ना गरिएको छ। 

 

पती सम्राट् दाहालसँग करिव करिव सम्बन्धविच्छेदको अवस्थामा पुगेकी कोइरालालाई दुई दिनअघि मुम्बई ल्याइएको हो।

 

यो महिनाको सुरुदेखि नै मनिषा काठमाडौंमा रहँदै आएकी थिइन्।

 

केही दिन अघि विरामी भएपछि उनलाई काठमाडौंको नर्भिक अस्पतालमा लगिएको थियो। सुरुमा फुड प्वाइजनिङ भएको आशंकमा उनको उपचार सुरु गरिएको थियो।

 

बेहोस नै हुन थालेपछि उनलाई थप उपचारका लागि मुम्बई ल्याइयो।

 

मनीषाको साथमा उनकी आमा सुष्मा छिन् । पिता प्रकाश कोइराला र भाइ सिद्धार्थ पनि गएराति मुम्बई पुगेको समाचारमा जनाइएको छ ।

 

मनीषा भेट्ने बलिउड कलाकारहरुले उनी हिम्मतसाथ अस्पतालमा रहेको बताएका छन् ।

 

सुभाष घईको फिल्म