विश्व बजारमा अमेरीका र युरोपको प्रभुत्वलाई उछिन्दै सन् २०३० सम्ममा एशिया शिर्ष स्थानमा पुग्ने एक अध्ययनले देखाएको छ ।
अमेरीकी जासूसी संस्थाले तयार पारेको प्रतिवेदनमा आगामी दुई दशकभित्र अमेरीका र युरोपको व्यापारभन्दा एशीयाको व्यापार बढी हुने प्रक्षेपण गरिएको छ । जासूसी प्रयोजनका लागि तयार पारीएको उक्त अध्ययन प्रतिवेदन अनुसार अबको दुई दशकभित्र विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रका रुपमा चीनले अमेरीकालाई उछिन्नेछ । विकाशशील मुलुक भारतको औद्योगीकरण र चीनको विश्व वजारीकरणले एशीयालाई संसारकै शक्तिशाली व्यापार केन्द्र बनाउदै लगेको प्रतिवेदनको जिकीर छ ।
सन् २०३० सम्ममा विश्वमा जनसंख्या, गार्हस्थ उत्पादन, सैन्य खर्च र सूचना प्रविधिको लगानी जस्ता महत्वपूर्ण क्षेत्रमा एशियाकै वर्चश्व हुनेछ । अमेरीका, रुस र जापान जस्ता शक्तिसम्पन्न राष्ट्रहरु भने अबको केही वर्षसम्म सुस्त आर्थिक वृद्धीको शिकार हुनेसमेत अध्ययनको निष्कर्ष छ ।
– Agencies