विश्व समुदायको आलोचनाको बाबजुद उत्तर कोरियाले लामो दूरीको रकेट प्रक्षेपण गरेको छ । उत्तर कोरियासँग शत्रुतापूर्ण सम्बन्ध रहेको दक्षिण कोरियाली समाचार एजेन्सीका अनुसार उत्तर कोरियाको पश्चिम तटीय क्षेत्रबाट रकेट प्रक्षेपण गरिएको हो ।
यसअघि गरिएको प्रयास विफल भएपनि यसपटक भने सफल परीक्षण भएको समाचार स्रोतहरुले जनाएका छन् । उत्तर कोरियाको आणविक कार्यक्रमलाई नजिकबाट नियालिरहेको जापनले पनी उत्तरले रकेट प्रक्षेपण गरेको पुष्टी गरेको छ । ओकिनावा प्रान्तमा तैनाथ जापानी सेनाले आफ्नो आकाशनजिक रकेट देखिएको तर रकेटलाई ध्वस्त पार्ने प्रयास नगरेको जनाएको छ ।
उत्तर कोरियाले लामो दूरीका क्षेप्यास्त्र बनाउन रकेट प्रक्षेपण गर्न लागेको आरोप अन्तर्राष्ट्रिय समुदायले लगाउँदै आएका छन् । प्योङयाङले भने अन्तरीक्षमा भू