इपिएस कार्यालयमा धर्नामा बसेका महिला विरामी

रोजगार अनुमति प्रणाली इपिएसको कार्यालय ललितपुर ग्वार्कोमा धर्ना बसेका महिला विरामी पर्न थालेका छन् ।  
भाषा परीक्षा उत्तिर्ण भए पनि कोरिया जान नपाएको भन्दै मंसिर २४ गतेदेखि धर्नामा बसेका महिला बिरामी भएका हुन् ।
राती, विहान र दिउँसो पुरै समय इपिएस कार्यालयमा धर्नामा बसेका झापाकी तोया गिरी, कास्कीकी लक्ष्मी गुरुङ, दाङकी भारती थापा र पाल्पाकी शान्ति घिमिरे विरामी परेका हुन् ।
धर्नामा बसेका ५० जना महिलाले भाषा परीक्षा उत्तिर्ण गरेको दुई बर्ष वित्न लाग्दा समेत भिसा नआएको भन्दै सरकारले भिसाका लागि तत्काल पहल गर्नुपर्ने माग राखेका छन् ।