शेयर बजार कारोबारमा सुधार

काठमाडौं । साताको अन्तिम दिन बिहिबार पनि शेयर बजार सुधारियो । यस दिन शेयर बजार परिसूचक नेप्से ४ अंक बराबरले बढेर ४ सय ९६ दशमलब सात चार अंकमा पुग्यो । कारोबार सुरु भए लगत्तै ओरालो लागेको नेप्से एक घण्टा पछि धनात्मक बन्दै उकालो लाग्न थालेको हो । होटल बाहेक कारोबार भएका सबै समूहका सूचक सकारात्मक रहेसंगै नेप्से सुधारिएको हो ।


जलविद्युत समूहको सूचकमा सबैभन्दा उच्च २० अंकको बृद्धि भयो । बीमा समूह ६ अंकले उकालो लाग्यो भने अन्य समूहमा ५ अंकको बृद्धि भयो ।  वाणिज्य बैंक समूहमा पनि ४ अंक बढीको सुधार भयो । यस दिन नेपाल स्टक एक्सचेन्जमा ८७ कम्पनीको २ लाख ८ हजार कित्ता शेयर ७ करोड २ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

– RSS