बनमौरीले कर्मचारीलाई आक्रमण गरेपछि केही दिनको लागि विद्युत बन्द

बागलुङ जिल्लाको भिमगिठे गाउा विकास समितिमा रहेको ८५ किलोवाट क्षमताको  मध्यभिमगाट लघुजलविद्युत परियोजनाको पावर हाउसमा रहको अप्रेटरलाई बनमौरीले आक्रमण गर्न थालेपछि विद्युत सेवा बन्द भएको छ ।  

पावरहाउस नजिकै रहेको भिरमा बसेको मौरीलाई स्थानिय गाइ र बाख्रा चराउन आएका गोठालाहरुले जिस्काउदा विद्युतका कर्मचारीलाई टोक्न थालेपछि बन्द गरिएको हो ।
बागलुङ र गुल्मी जिल्लाका गरी ७ सय ५० घरधुरीका स्थानिय बासिन्दालाई विद्युत सेवा पुर्‍याएको उक्त जलविधुत परियोजना बन्द हुदाा स्थानिय बासी मर्कामा परेका छन् । अहिले विद्युत सेवा बन्द भएपछि स्थानिय घरेलु उद्योगहरु समेत अवरुद्ध बनेको स्थानिय बासीहरुले बताएका छन् ।