काठमाडौं । गुणस्तरीय छालाजन्य वस्तु तथा जुत्ता चप्पल उचित मूल्यमा उपभोक्तालाई उपलब्ध गराउने तथा स्वदेशी वस्तुलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ नवौ छाला वस्तु तथा जुत्ता चप्पलहरुको औद्योगिक प्रदर्शनी २०६९ राजधानीमा हुने भएको छ । नेपाली ब्राण्डको प्रयोग नै स्वदेशी उद्योगको सम्मान भन्ने नाराका साथ भृकुटीमण्डपमा सुरु हुने मेला पौष ९ गते देखि १५ गते सम्म चल्ने छ ।
विहीबार राजधाीमा पत्रकार सम्मेलन गरी औद्योगिक प्रदर्शनी बारेमा जानकारी गराएको हो । छाला जुत्ता तथा वस्तु उत्पादक संघको आयोजनामा हुन लागेको मेलाले स्वदेशी छालाजन्य वस्तु तथा जुत्ता चप्पलको बजार प्रवद्र्धन तथा आयात प्रतिस्थापन गरी निर्यातमा प्रवद्र्धन गर्न मद्धत पुग्ने आयोजकको विश्वास छ ।
मेलाले स्वदेशी वस्तुको आन्तरिक एंव बाह्य बजार विस्तारमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।
मेलामा स्वदेशमा उत्पादन भएका छाला जुत्ता तथा वस्तुको बारेमा उपभोक्तालाई जानकारी गराउने, गुणस्तरीय वस्तु उपलब्ध गराउने र उत्पादक र उपभोक्ताबीचको सम्बन्ध मजबुत गराईने संघका अध्यक्ष होमनाथ उपाध्यायले बताउनुभयो ।



