सन २०१३ को विश्वभर भव्य स्वागत

इस्वी संवतको नयां बर्ष २०१३ शुरु भएको छ । नयां बर्षको स्वागतमा अमेरिका, युरोप लगायतका पश्चिमेली देशहरुमा आतसबाजी र विभिन्न समारोह आयोजना गरिएको छ ।

 

पुरोपेली मुलुकहरु गएको बर्षमा नराम्ररी आर्थिक संकटबाट गुज्रिए पनि नयां बर्षमा भने संकट हट्ने आशा गरिएको छ ।

 

अमेरिकामा सरकारी खर्च कटौतीका लागि गरिएको प्रयास भने नर्या बर्षको संघारमा असफल भएको छ । अनेकौं उतार चढाव र आरोह अवरोहकाबीच बितेको वर्ष २०१२ लाई फर्केर हेर्दा निकै रोचक स्मृतिहरु ताजा बनेर आएका छन ।

 

 

अग्रेजी नव वर्ष सन २०१३ को विश्वभर भव्य स्वागत गरिएको छ । अष्ट्रेलियाको सिड्नी, हङकङ लगायतका कयौ शहरमा नयाँ वर्षको भव्य स्वागत गरिएको थियो ।

यसैगरी सकटग्रस्त युरोपेली मुलुकका कयौ शहरहरु पेरिस, लण्डन, बेर्लिन लगायतमा पनि नयाँ वर्षको अनेकौ स्वागतको तयारी गरिएको छ।


उता अमेरिकाको न्यू योर्क स्थित टाईम्स स्क्वारमा पनि नयाँ वर्षको स्वागतको तयारी गरिएको छ। साथै विश्व नेताहरुले नयाँ वर्षको उपलक्ष्यमा विभिन्न शुभकामना दिएका छन। साथै भर्टिकन स्थित पोप बेनिड्रिकले समेत मध्यपुर्व लगायत विश्व शान्तीको कामना गरेका छन।


यसैक्रममा नेपालको राजधानी काठमाडौंमा पनि भव्य अनेकौ कार्यक्रमगरी नयाँ वर्षको स्वागत गरिरहेका छन।