टर्कीको राजधानी अंकरास्थित अमेरिकी राजदूतावास बाहिर भएको आत्मघाटी बम विस्फोट

टर्कीको राजधानी अंकरास्थित अमेरिकी राजदूतावास बाहिर भएको आत्मघाटी बम विस्फोटमा कम्तिमा २ जनाको मृत्यु भएको छ । आज भएको उक्त विस्फोटमा एक सुरक्षाकर्मीसहित २ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी बीबीसीले जनाएको छ ।
उक्त विस्फोटमा केही व्यक्ति हताहत भएको हुन सक्ने अनुमान गरिएको छ । मृत्यु भएका दुई मध्ये एक आत्मघाती बम विस्फोट गराउने व्यक्ति हुन सक्ने जनाइएको छ ।
– एजेन्सी