काठमाडौं । राजनीतिक सहमति संगै गति लिने लगानीकर्ताका अपेक्षा विपरित शेयर बजार निरन्तर ओरालो लाग्दै आएको छ ।
अघिल्लो दिन सामान्य सकारात्मक रहेको शेयर बजार बुधबार पुनः झर्यो । बजार परिसूचक नेप्से झण्डै ४ अंकले घटेर ५ सय २८ मा आइपुग्यो ।
कारोबार भएका धेरै समूहका सूचक ऋणात्मक रहेसंगे नेप्से झरेको हो ।
वाणिज्य बैंक, जलविद्युत, वित्त र विकास बैंक समूह ओरालो लागे भने बीमा, होटल र उत्पानमूलक समूह भने सकारात्मक रहे ।
RSS