जर्मनीको बर्लिनमा दोस्रो विश्व युद्धमा प्रयोग गरिएको नपड्किएको बम फेला परेको छ । शहरको मुख्य रेल्वे स्टेशन नजिक एउटा भवनमा फेला परेको बम करीब १ सय किलो तौलको रहेको अनुमान गरिएको छ ।
बम फेला परेको खबरसंगै त्यस क्षेको सवारी आवागमन प्रभावित भएको छ भने आसपासका भवनहरु खाली गराइएको छ । विज्ञहरुले बम त्यहीं विष्फोट गराउने कि हटाउने भन्ने विषयमा निर्णयमा पुगिनसकेको समाचारमा जनाइएको छ ।
जर्मनीमा युद्धताका प्रयोग गरिएका हजारौ नपड्किएका बम रहेको विश्वास गरिन्छ ।
AGENCIES