पाकिस्तानी धनाढ्यहरुबाट कर असुल गर्न थप कदम नचालिए सम्म पाकिस्तानलाई दिइने सहयोगमा रोक लगाउन बेलायती सांसदहरुको माग

बेलायती सांसदहरुको एक समूहले पाकिस्तानी धनाढ्यहरुबाट कर असुल गर्न थप कदम नचालिए सम्म पाकिस्तानलाई दिइने सहयोगमा रोक लगाउन माग गरेका छन् । 

बेलायती संसदको अन्तर्राष्ट्रिय विकास समितिले पाकिस्तानका धनाढ्यहरुले निकै कम मात्र कर तिर्ने गरेको भन्दै पाकिस्तानलाई स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्न नहुनेमा जोड दिएका हुन् । सांसदहरुले वेलायती मन्त्रीहरुलाई वित्तिय सहयोग भ्रष्टाचार निवारण प्रयासमा केन्द्रित गर्न पनि अपील गरेका छन् ।
 बेलायती नागरिकले तिरेको करबाट संकलित रकम पाकिस्तानमा दुरुपयोग हुन नदिन पनि सांसदहरुले जोड दिएका छन् । बेलायतले पाकिस्तानलाई दिने आर्थिक सहयोग दोब्बर पार्दै ४४ करोड ६० लाख पाउण्ड पु