अर्जेन्टिनामा भारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारद्धारा तीन दिने राष्ट्रिय शोक घोषणा

अर्जेन्टिनामा भारी वर्षापछि आएको बाढीमा परी मर्नेको संख्या ५४ नाघेको छ । बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको छ । 

बाढी प्रभावित राजधानी व्युनर्स आयर्स र ला प्लाटा शहरमा उद्धार तीब्र पारिएको अधिकारीहरुले जनाएका छन् । विद्युत आपूर्ति अवरुद्ध हुंदा अस्पतालमा समेत प्रभाव परेको छ । शहरमा १६ इञ्चसम्म पानी जमेपछि उद्धारमा कठिनाई आएको अधिकारीहरुले जनाएका छन् । 
बाढी प्रभावित ३ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानमा सार्ने प्रयास भैरहेको छ भने बाढीमा फसेकाहरु घरको छाना, रुख र सवारी साधनमाथि बसेर उद्धारको प्रतीक्षा गरिरहेको समाचारमा जनाइएको छ ।
AGENCIES