नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँ घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार ३ सय रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । 
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको भारी गिरावटसँगै स्थानीय बजारमा पनि सुनको मूल्यमा ठूलो गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यस दिन चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले घटेर ९ सय ३५ रुपैयाँमा कारोबार भयो । 
गत शुक्रबार चाँदी तोलाको १ हजार ५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको भाउँमा आएको उतर चढावका कारण सुन