नेपाल र यूएईका वायुसेवा कम्पनीहरुले जुनसुकै प्रकारको विमान प्रयोग गरी सातामा ७० वटासम्म नियमित यात्रु उडान भर्न पाउने

काठमाडौं  । नेपाल र यूनाइटेड अरब इमिरेट्सका वायुसेवा कम्पनीहरुले जुनसुकै प्रकारको विमान प्रयोग गरी सातामा ७० वटासम्म नियमित यात्रु उडान भर्न पाउने भएका छन् । मंगलबार दुई दशबीच अतिरिक्त उडान संचालन अभिबृद्धि सम्बन्धी ६ बुँदे सहमति भएको पर्यटन मन्त्रालयले विज्ञप्ती जारी गरी जानकारी गराएको हो । 
सहमति अनुसार मालवाहक उडानतर्फ दुवै पक्षका तोकिएका वायुसेवा कम्पनीहरुले जुनसुकै प्रकारको विमान प्रयोग गरी सातामा जति पनि उडान गर्न सक्ने छन् । 
यस सम्बन्धी सहम िपत्रमा नेपाल सरकारका तर्फबाट पर्यटन सचिव सुशील घिमिरे र यूएइ सरकारको तर्फबाट नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक उमर बीन घलेबले हस्ताक्षर गरेका थिए ।
rss