काठमाडौं । लगातार दुई दिनदेखि घटेको सुनको भाउ आज भने स्थीर रहेको छ । आजका लागि पनि प्रतितोला ४९ हजार ५ सय रुपैयाँ नै कायम गरिएको छ ।
हिजो तोलामा ३ हजार रुपैयाँले घटेर तोलाको ४९ हजार ५ सयमा कारोबार भएको थियो । अस्ती भने तोलामा ३३ सयले घटेर ५२ हजार ५ सयमा बिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने आज पनि हिजोको तुलनामा प्रतिऔंस १५ डलर कमीमा बिक्री भैरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔस १३ सय ७२ मा कारोवार भैरहेको छ । हिजो भने १३ सय ९० डलरमा कारोवार भएको थियो ।
rss