तनहुँ हाइड्रोपावरका लागि यूरोपियन इन्भेष्टमेन्ट बैंकद्धारा ६ अर्ब १० करोड रुपैयाँ ऋण सहयोग

काठमाडौं । तनहुँ हाइड्रोपावरका लागि यूरोपियन इन्भेष्टमेन्ट बैंकसँग पनि समझदारी भएको छ । १ सय ४० मेगावाट क्षमताको तनहुँ हाइड्रोपावरका लागि यूरोपियन इन्भेष्टमेन्ट बैंकले नेपाल सरकारसँग ६ अर्ब १० करोड रुपैयाँ ऋण सहयोगको समझदारी गरेको हो । 
यो रकम आयोजनाको अनुमानित कुल लागतको १५ प्रतिशत रकम हो । सहयोग सम्बन्धी सम्झौता पत्रमा मंगलबार नेपालका तर्फबाट अर्थ सचिव शान्तराज सुवेदी र यूरोपियन इन्भेष्टमेन्ट बैंकको तर्फबाट सह