शिव शर्मा
कास्की – जनकवि केशरी धर्मराज थापा उच्च रक्तचाप तथा प्यारालाइसिसका कारण पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइसीयूमा राखेर उपचार भइरहेको छ । पोखरा स्थित जन्मस्थान बाटुलोचौरमा बुधबार बिहान रक्तचाप बढेपछि फेवासिटी अस्पतालमा भर्ना गरिएकोमा अवस्था गंभीर भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रिफर गरिएको थियो ।
८९ वर्षीय थापाको प्यारालाइसिसका कारण दाहिने हात र खुट्टा चल्दैन । झण्डै साता अघि काठमाडौंबाट पोखरा आएका थापालाई अझै पाँच दिन आईसियुमा राख्नु पर्ने चिकित्सकले सल्लाह दिएको छोरा कुञ्जराज थापाले जानकारी दिए ।
हरियो डाँडामाथि, हलो जोत्ने साथी…. बोलको चर्चित गीतका लोक गायक थापा दर्जनौं पुस्तक प्रकाशित भइसकेका छन् । २०१३ सालमा राजा महेन्द्रले उनलाई जनकवि केशरीको उपाधि दिएका थिए । चर्चित लोकगायिका ज्ञानु राणा थापाकै छोरी हुन् ।