आगामी बजेटबाट निजी क्षेत्रले धेरै अपेक्षा राखेको भन्दै उनले बजेट आयात प्रतिस्थापनमा केन्द्रित हुनुपर्ने बताए । परिसंघका निवर्तमान अध्यक्ष उद्योगपति विनोद चौधरीले सरकार राजश्व संकलन र रेमिट्यान्सतर्फ मात्रै केन्द्रित हुँदा विकास बजेट खर्च हुन नसकेको भन्दै विकास बजेट सदुपयोग हुने वातावरण बनाउन आग्रह गरे ।
कार्यक्रममा अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लहाकार डा. चिरञ्जीवी नेपालले आगामी बजेट निजी क्षेत्रको अपेक्षा परिपूर्तिमा केन्द्रित हुने आश्वासन दिए ।
आगामी बजेटका लागि परिसंघका तर्फबाट सुझाव प्रस्तुत गर्दै उपाध्यक्ष हरिभक्त शर्माले चन्दा माग्ने कार्यलाई निरुत्साहित गर्न आग्रह गरे । चन्दालाई पनि खर्चमा रुपान्तरण गर्न पाउने व्यवस्था गर्न पनि निजी क्षेत्रले माग गरेको छ ।
परिसंघले हाउजिङ तथा अपार्टमेन्टमा विदेशी र गैरआवासीय नेपालीको लगानी सहज गराउन लगानीको सीमा २ लाख डलरबाट घटाएर ५० हजार डलर बनाउन सुझाव दिएको छ ।



