शेयर बजारमा पुन: गिरावट

काठमाडौं  । अघिल्ला दिन नगन्य अंकले सकारात्मक रहेको शेयर बजार साताको अन्तिम दिन विहीबार पुनः गिरावट आयो । शुरुमा सकारात्मकबाट शुरु भएको नेप्से केही समय मै ओरालो लागेको हो । बजार परिसूचक नेप्से अढाई अंकले झरेर ४ सय ९५ मा थामियो ।


बीमा र वाणिज्य बैंकले नेप्से झारेका हुन् । बीमा समूहमा ७ अंक बढीको गिरावट आयो । वाणिज्य बैंक पनि ४ अंकले ओरालो लाग्यो । विकास बैंक समूह पनि ऋणात्मक रह्यो । जलविद्युत र वित्त समूह भने सकारात्मक रहे । उत्पादनमूलक र अन्य समूह भने स्थिर रहे ।


यस दिन नेपाल स्टक एक्सचेन्जमा ८८ कम्पनीको ६ लाख ४८ हजार कित्ता शेयर १० करोड ७ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

RSS